मकवानपुरमा ७३ जना कोरोना संक्रमित थपिँदा ७६ जना संक्रमणमुक्त

स्वर्णिम खबर
२५ जेष्ठ २०७८, मंगलवार १८:०८

२५ जेठ, हेटौँडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका छन् ।
४३ जनाको पीसीआर परिक्षणबाट र ३० जनाको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा हालसम्म कुल संक्रमितको संख्या ९ हजार ४ सय ९६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएको छ । होम आइशोलसनबाट ६१ र संस्थागत आइशोलेसनबाट १५ जना गरी ७६ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ हजार ४ सय ७० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कि ४१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*