बागमती प्रदेशसभाको बैठक जेठ २७ गते बस्ने
२५ जेठ, हेटौँडा । बागमती प्रदेशसभाको बैठक जेठ २७ गते बस्ने भएको छ ।
बैठक जेठ २७ गते बिहिबार दिउँसो ३ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उक्त बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको प्रमुख सचिव खड्काले बताउनुभयो । प्रदेशसभाको गत जेठ १६ र १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताको विषयमा छलफल गरिएपछि अनिश्चितकालको लागि स्थगित भएको थियो ।