शनिबार मकवानपुरमा १२८ कोरोना संक्रमित थपिए, २१० संक्रमणमुक्त, ५ जनाको मृत्यु

स्वर्णिम खबर
२२ जेष्ठ २०७८, शनिबार १७:१०

२२ जेठ, हेटौँडा । मकवानपुर जिल्लामा शनिबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा हेटौंडा अस्पातलमा उपचारतत् ५ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर भित्रका ३ जना र जिल्ला बाहिरका २ जना रहेको छ । मृत्यु हुनेहरुमा थाहा नगरपालिका १ का ५५ वर्षीय पुरुष, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का ५६ वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का ७२ वर्षीय पुरुष रहेका छन् । यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै मकवानपुरमा मृत्यु हुनेको संख्या १ सय ३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६५ जनाको पीसीआर परिक्षणबाट र ६३ जनाको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसंगै हालसम्म मकवानपुर जिल्लामा २९ हजार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ सय १० जना कोरोना मुक्त भएका छन । होम आइसोलेशनबाट २ सय २ जना र संस्थागत आइसोलेशनबाट ८ जना गरी २ सय १० जना शनिबार संक्रमण मुक्त हो । यो संगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ हजार ४३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*