मधेसी नेताको चरित्र अवसरवादीः सहमहामन्त्री महत

स्वर्णिम खबर
२२ जेष्ठ २०७८, शनिबार १६:५७

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समुहले अवसरको उपयोग गरेको टिप्पणी गर्नुभएको छ ।

सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताउनुभयो । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुर्नगठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताउनुभयो । मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि लगाउनुभयो । सहमहामन्त्री महतले कोरोना संक्रमणको जोखिममा आफुविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभापनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफुहरुको विश्वास रहेको पनि नेता महतले बताउनुभयो ।उहाँले कोरोना रोकथाम र नियन्त्रणमा सरकार चिन्तित नभएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*