शुक्रबार मकवानपुरमा १ सय ३२ जना कोरोना संक्रमणमुक्त, ७५ जना संक्रमित थपिए

स्वर्णिम खबर
२१ जेष्ठ २०७८, शुक्रबार १७:१५

२१ जेठ, हेटौँडा । मकवानपुरमा शुक्रबार १ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा होमआइसोलेसनबाट १ सय २२ जना र आइसोलेसनबाट १२ जना गरी थप १ सय ३४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका ६५ जना संक्रमणमुक्त भएका छन् । यसैगरि थाहा नगरपालिकाका २६ जना, मनहरी गाउँपालिकाका २१ जना, मकवानपुरगढी गाउँपालिकाका१४ जना, भीमफेदी गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका २ जना, राक्सिराङ र कैलाश गाउँपालिकाका एक–एक जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय मकवानपरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ हजार ८ सय ४१ पुगेको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय १४ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेहरुमा सबैभन्दा बढी २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यस्तै मनहरी गाउँपालिकाका २२ जना, थाहा नगरपालिकाका ७ जना, कैलाश गाउँपािलकाका ६ जना,मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका ५–५ जना, राक्सिराङ, बागमती गाउँपालिका का २–२ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेहरुको संख्या ९ हजार १ सय १९ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१३ को ४१ वर्षीय र हेटौंडा–४ को ७३ वर्षीय पुरुष रहेको छ । दुबै जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । यो संगै जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*