प्रदेश उच्च शिक्षा सम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा दर्ता

स्वर्णिम खबर
२१ जेष्ठ २०७८, शुक्रबार १२:००

२१ जेठ, हेटौँडा । बागमती प्रदेशसभा सचिवालयमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ ।
सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले उक्त विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराउनु भएको हो । मन्त्री बस्नेतले उक्त विधेयक सरकारी विधेयकको रुपमा ६२ नम्बरमा दर्ता गर्नुभएको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । संसदीय व्यवस्था अनुसार संसद सचिवालयमा आज दर्ता भएको उक्त विधेयक संसदमा टेबुल हुने र आवश्यक छलफल गरी संसदबाट पास भइ ऐन बन्नेछ । उक्त विधेयकमा प्रदेश सरकारले संचालन गर्ने आफ्नै विश्व विद्यालयको व्यवस्थापन र अन्य संस्थाले विश्व विद्यालय संचालन गर्न चाहेमा बोर्ड गठन गरी उक्त बोर्डको निर्णय अनुसार मुनाफा रहित शैक्षिक गतिविधि संचालन गर्न पाउने व्यवस्था गरिएको जनाइको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*