पिसिआर घटेको होइनः प्रवक्ता पौडेल

स्वर्णिम खबर
२० जेष्ठ २०७८, बिहीबार १५:५३

२० जेठ, काठमाडौं । गएको हप्तादेखि बुधबारसम्म कोभिड–१९को पीसीआर परीक्षण दर घटेपछि जनमानसमा चासो बढेको छ ।
बुधबार १६ हजार ८ सय ७८ वटा मात्र स्वाब नमुना परीक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमणे पुष्टि भएको छ । यो परीक्षणमा गएको नमुनाहरूको ३१.४९ प्रतिशत हो । यसरी परिक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ । तर, स्वास्थ्य मन्त्रायल भने यसलाई स्वीकार्न तयार छैन । मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको बताउनुभयो । उहाँले निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेकाले पनि परीक्षणमा कमी भएको हुनसक्ने तर्क गर्नुभयो । सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको उहाँको दावी छ । एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको उहाँको भनाइ छ । पछिल्लो समय देशभर सरकारी र नीजि गरी ९० वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*