बुधबार मकवानपुरमा १५९ जना कोरोना संक्रमित थपिए, १८५ जना संक्रमणमुक्त

स्वर्णिम खबर
१९ जेष्ठ २०७८, बुधबार १७:२२

१९ जेठ, हेटौँडा । मकवानपुरमा बुधबार थप १ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका ८५ जना रहेका छन् । यसैगरि २१ जना थाहा नगरपालिकाका, २० जना राक्सिराङ गाउँपालिकाका, १६ जना मनहरी गाउँपालिकाका ,७ जना मकवानपुरगढी गाउँपालिकाका, ६ जना भीमफेदी गाउँपालिकाका,२ जना कैलाश गाउँपालिकाका तथा बागमती र बकैया गाउँपालिका भित्रका एक–एक जना रहेका छन् । यससंगै मकवानपुरमा हालसम्म कुल संक्रमितको संख्या ८ हजार ९ सय ४८ पुगेको छ । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जना संक्रमितले कोरोना जितेका छन् । आज कोरोना जित्नेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ३८ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ६ हजार ६ सय ४५ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–२ की ५२ वर्षीया महिला र हेटौंडा–१६ की ६८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*