सोमबार १ सय जनामा कोरोना पुष्टि, १ सय ४९ जना कोरोना संक्रमणमुक्त

स्वर्णिम खबर
१७ जेष्ठ २०७८, सोमबार १९:१२

१७ जेठ, हेटौँडा । मकवानपुरमा सोमबार १ सय जना कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ३ सय ६५ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा थप एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी थाहा नगरपालिका भित्रका रहेका छन् । थाहामा आज ३९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरि हेटौंडाका २९ जना,मनहरीका १४ जना, कैलाशका ७ जना, मकवानपुरगढीका ६ जना र भीमफेदीका गाउँपालिका भित्रका ५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ६ सय ६२ पुगेको कार्यलयले जनाएको छ । यसैगरि आज जिल्लामा होम आइसोलेसनबाट १ सय २५ जना र आइसोलेसनबाट २४ जना गरि थप १ सय ४९ जना कोरोना निको भएका छन् । मकवानपुरमा आज कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २ जना हेटौंडा उपमहानगरपालिका भित्रका,मकवानपुगढी गाउँपालिका र जिल्लाबाहिरका एकएक जना रहेका छन् । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*