प्रि–बजेटको छलफल सकिएसँगै प्रदेशसभाको बैठक स्थगित

स्वर्णिम खबर
१७ जेष्ठ २०७८, सोमबार १९:०७

१७ जेठ, हेटौँडा । बागमती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात् प्रि–बजेटको छलफल सकिएसँगै उपसभामुख राधिका तामाङले प्रदेशसभाको बैठक स्थगित गरेकी हुन् । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका गर्नुभएको थियो । विधेयकमाथि डेढ दर्जन सांसदहरुले आफ्नो भनाइ राखेका थिए । सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले विधेयकको खुलेर आलोचना गरेका थिए । सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकताको आलोचना गरेका हुन् । उनीहरुले कोभिडको महामारीको समयमा सरकारले ठोस योजनासहित प्रदेशसभामा प्रस्तुत नभएको आरोप लगाएका हुन् । मन्त्री ढुंगेलले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कोभिड–१९ नियन्त्रणमा केन्द्रीत हुने प्रदेशसभामा जानकारी गराउनुभएको हो । उहाँले विकासमा क्षेत्रगत तथा भौगोलिक सन्तुलन कायम गर्ने गरी उत्पादन वृद्धि हुने र तत्काल रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेट विनियोजन गरिने बताउनुभयो । मन्त्री ढुंगेलले राजस्व वृद्धिका लागि सम्भावित स्रोतको खोजी तथा दायरा फराकिलो बनाइने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*