शोक प्रस्ताव पारित गर्दै बजेट अधिवेशनको पहिलो बैठक सकियो

स्वर्णिम खबर
१६ जेष्ठ २०७८, आईतवार १८:०६

१६ जेठ, हेटौँडा । बागमती प्रदेशसभाको बैठक शोक प्रस्ताव गरेर सकिएको छ ।


आइतबार बसेको आठौं अधिवेशनको पहिलो बैठक प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति राखेको शोक प्रस्ताव गर्दै सकिएको हो । दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईको कोरोना संक्रमणको कारण उपचारको क्रममा निधन भएको थियो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना मन्तव्य दिने, आर्थिक वर्ष २०७७ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा लेखा समितिले २०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची भए पनि त्यसमा प्रवेशै नगरी बैठक स्थगित भएको हो । कोरोना महामारी कारण सांसदहरुलाई प्रदेशसभाभित्र एन्टिजेन्ट परीक्षण गरेरमात्र प्रवेश गराइएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*