अध्यादेश मार्फत् आएको बजेटमा मकवानपुर

स्वर्णिम खबर
१५ जेष्ठ २०७८, शनिबार १९:०७

१५ जेठ, हेटौँडा । सरकारले मकवानपुरको हेटौँडामा रहेको मयुरधापमा निर्माणधिन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई वर्षभित्र मकवानपुरको मयुरधापमा निर्माणनिधन औद्यौगिक क्षेत्रलाई दुई वर्षभित्र पुरा गर्ने बताउनुभएको छ । उहाँले काठमाण्डौँको बालाजुमा रहेको उद्योगहरु स्थानान्तरण गरि मयुरधापमा गए त्यस्ता उद्योगलाई १० वर्षसम्म जग्गा भाडा छुट दिने समेत निर्णय गरेको छ । यस्तै अर्थमन्त्री पौडेलले मदन भण्डारी विश्वविद्यालय अन्र्तगत मकवानपुरको चित्लाङमा निर्माणाधिन इन्जिनियरिङ कलेज आगामी वर्षभित्र निर्माण सम्पन्न हुने घोषणा गर्नुभयो । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ स्थित हर्नामाडीमा निर्माणधिन खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ । यसैगरी मदन भण्डारी राजमार्ग अन्र्तर चतरा–हेटौँडा सडकखण्डको बाँकी रहेको काम आगामी वर्ष सम्पन्न हुने अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । मकवानपुरको थाहानगरको चित्लाङ।लाई काठमाण्डौँसँग जोडने निकै महत्वपूर्ण मानिदै आएको चित्लाङ–काठमाण्डौँ सुरुङमार्गको निर्माण सुरुवात आगामी आर्थिक वर्षबाट हुने भएको छ । मकवानपुर सहित देशकका विभिन्न जिल्लाका अति विपन्न, लोपान्मुख जातीका परिवारको लागि सरकारले घर निर्माण गरि हस्तान्तरण गर्ने भएको छ । जनता आवास कार्यक्रम अन्र्तगत आगामी वर्षभित्र ति परिवारवाई घर निर्माण गरि हस्तान्तरण गर्ने सरकारले घोषणा गरेको हो । जनता आवास कार्यक्रम अन्र्तगत मकवानपुरका हजारौ परिवारले यो सुविधा प्राप्त गर्नेछन् । पूर्वी मकवानपुरको छतिवनमा कृषि औद्योगिक बजार बनाउने सरकारले घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*