बागमती प्रदेशसभाको बजेट अधिवेशन सुरु गर्न राजनीतिक दलहरु सहमत

स्वर्णिम खबर
१४ जेष्ठ २०७८, शुक्रबार ११:५३

१४ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने भएको छ ।
बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहमत भएका हुन् । बिहीबार वागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । बैठकमा प्रदेश सभाको अधिवेशनलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन् । बैठकमा नेपाली कांग्रेसका नेताहरु ईन्द्रबहादुर बानियाँ, राधा घले, माओवादीका नेताहरु शालिकराम जम्मकट्टेल, युवराज दुलाल, नेमकिपाका सुरेन्द्रराज गोसाई, विवेकशीलका रमेश पौडेल, राप्रप्राकी रिता माझी, एमालेबाट दीपक निरौला लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*