मकवानपुरमा बुधबार २ सय २ जना संक्रमित थपिए, १ सय ३७ जना संक्रमणमुक्त
१२ जेठ, हेटौँडा । मकवानपुरमा बुधबार २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ९२ जनामा पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २ सय २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरपालिकाका सबैभन्दा बढी ७० जना रहेको छ । त्यस्तै थाहा नगरपालिकाका ६२ जना, मनहरी गाउँपालिकाका ३९ जना, राक्सिराङ गाउँपालिकाका २१ जना, इन्दसरोबर र भीमफेदी गाउँपालिकाका ३–३ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, बागमती र बकैया गाउँपालिकाका १–१ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ६२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा मकवानपुरमा थप १ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआइसोलेसनबाट १ सय २६ जना र आइसोलेसनबाट ११ जना गरी थप १ सय ३७ जनाले कोरोना जितेका हुन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ४ सय ९९ पुगेको छ । यसैगरि मकवानपुरमा आज थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तरी मकवानपुरको थाहा नगरपलिका वडा नंबर ३ का ३७ वर्षीय पुरुष रहेका छन् । उनको आज हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । जिल्लामा हालसम्म २ हजार ४ लसय ७८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।