मकवानपुरमा निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइयो
११ जेठ, हेटौँडा । मकवानपुर जिल्लामा आगामी जेठ २० गतेसम्म निषेधाज्ञा हुने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस अघि मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । मकवानपुरमा गत बैशाख १९ गतेदेखि राती १२ बजेदेखि निषेधाज्ञा जारी छ । त्यस्तै बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न दिने, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । हेटौडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रको हकमा भने औषधी, कृषि बीउबीजन तथा मल तथा भेटनरी पसल मात्र संचालन गर्न दिइने निर्णय गरेको छ । हेटौंडाको मुख्य बजारको उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पाडाँडाभित्रका खाद्यान्न तथा तरकारी, दूध लगायतका दैनिक उपभोग्य बस्तुहरु विक्रि गर्नका लागि सम्बन्धित सहकारी वा संघ संस्थाहरूमार्फत स्वास्थ्यका मापदण्ड अपनाएर मोबाईल भ्यानमार्फत् टोल–टोलमा पु¥याउन दिइने भएको छ । बैंकहरुले चौथाई कर्मचारी राखेर स्वास्थ्यका मापदण्ड पालना गरीसाताको २ दिन मंगलबार र शुक्रबार विहान ९ बजेदेखि दिउसो १ बजेसम्म मात्र कारोवार सञ्चालन गर्न पाउने भएका छन् भने अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा सहकारीहरू पर्ण रुपमा बन्द रहने छन् । त्यस्तै बैठकले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका सबै क्षेत्रमा भने जेठ १५ गतेसम्मका लागि सबै व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।थाहा नगरपालिकामा जेठ ११ गते राती १२ बजेदेखि जेठ १५ गतेसम्म औषधी पसल बाहेक अन्य सम्पूर्ण पसल तथा व्यवसायहरू पूर्ण रुपमा बन्द रहने छन् ।