मकवानपुरमा कोरोना निको हुनेहरुको संख्या बढ्दै, थप १ जना ७६ जना संक्रमणमुक्त

स्वर्णिम खबर
११ जेष्ठ २०७८, मंगलवार १६:५२

११ जेठ, हेटौँडा । मकवानपुरमा पछिल्लो केही समय यता कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै मकवानपुर जिल्लामा १ सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट १ सय ७३ र आइसोलेसनबाट ३ जना गरी थप १ सय ७६ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोना जित्नेहरुमा सबैभन्दा बढी हेटौंडा उपमहानगपालिका भित्रका रहेका छन् । उपमहानगरपालिकाका १ सय ४९ जना संक्रमणमुक्त हुँदा थाहा नगरपालिकाका १४ जना, मनहरी गाउँपािलकाका ४ जना, बागमती गाउँपालिकाका २ जना रहेका छन् । त्यस्तै मकवानपुगढी, कैलाश, बकैया र राक्सिराङका एक–एक जनाले कोरोना जितेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ३ सय ७३ पुगेको कार्यलयले जनाएको छ । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । २ सय ७९ जनामा गरिएको पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट थप १ सय १४ जनामा संक्रमण देखिएको हो । यस्तै जिल्लामा थप ४ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । सोमबार जिल्लामा २ जना संक्रमितको मृत्यु भएको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत ३ जना महिला र एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । योसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ जना पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*