एनसेलद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

स्वर्णिम खबर
७ जेष्ठ २०७८, शुक्रबार १८:१६

७ जेठ, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार १५० थान भन्दा बढि पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स मन्त्रालय प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । कोरोना संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गरेको कार्यकारी अधिकृत चोङले बताउनुभयो । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन् । एनसेलको सहयोगले कोरोना महामारी नियन्त्रणमा केही राहत मिलेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । गत वर्ष सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसेलले १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो । यस्तै एनसेलले कोभिड–१९ हटलाइन सेवा पनि सञ्चालनमा ल्याएको छ । कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए ९८०५५५४५०० मा फोनगरि हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*