मकवानपुरमा शुक्रबार १७४ कोरोना संक्रमित थपिए, ११२ संक्रमणमुक्त
७ जेठ, हेटौँडा । मकवानपुरमा शुक्रबार थप १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय २८ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ७४ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेमा सबैभन्दा बढी १ सय १८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि १८ जना थाहा नगरपालिकाका, ११ जना मकवानपुसरगढीका,राक्सिराङका ९ जना, भीमफेदीका ८ जना,मनहरीका ६ जना,ईन्द्रसरोबरका ३ जना र कैलाशका १ जना रहेको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ७ हजार २ सय ३१ पुगेको छ । आजै एक सय १२ जनाले कोरोनालाई जितेका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १सय १२ जना र आइसोलेसनबाट ६ जना गरी थप १ सय १२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।