राष्ट्रपतिको असंबैधानिक कदमलाई परास्त गर्न अगाडि बढ्ने कांग्रेसको निष्कर्ष

स्वर्णिम खबर
७ जेष्ठ २०७८, शुक्रबार १२:१७

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको असंबैधानिक कदमलाई परास्त गर्न अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।
सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले पछिल्लो पटक पनि प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको निष्कर्ष निकाल्दै त्यस विरुद्ध एकजुट भएर प्रतिकार गर्ने निर्णय गरेको हो । बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि अन्य दलहरुसंग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानमाथि जालसाझी गर्ने काम भएको निष्कर्षका साथ त्यस विरुद्ध एकजुट हुने निर्णय भएको बताउनुभयो । त्यसैगरी सहमहामन्त्री प्रकाशशरण महतले पटक पटक संविधानको मर्म र भावनालाई कुल्चिने काम सरकारबाट भएको र पछिल्लो घटनाक्रम पनि त्यसकै निरन्तरता भएको भन्दै त्यस विरुद्ध लड्नका लागि दलहरुसंग सबै विकल्पबारे छलफल गर्ने निर्णय बैठकमा भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*