बादललाई हराउँदै देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित

स्वर्णिम खबर
६ जेष्ठ २०७८, बिहीबार १८:१०

६ जेठ, हेटौँडा । बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ ।

एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई ३५ मत अन्तरले हराउँदै देवकोटा विजयी हुनुभएको हो । देवकोटाले १ सय ८३ मत प्राप्त गर्दा थापाले १ सय ४८ मत मात्र प्राप्त गर्नुभएको हो । स्थानीय तहबाट खसेको २ सय ३३ मत मध्येबाट डा. देवकोटालाई १ सय २८, बादललाई १ सय ३ र कृष्णबहादुर तामाङलाई २ मत खसेको थियो । त्यस्तै प्रदेश सभा सदस्यबाट खसेको मत १ सय ५ मध्ये डा. देवकोटालाई ५८ मत, बादललाई ४५ मत र तामाङलाई २ मत खसेको थियो । खसेको मतको अंकभार गर्दा स्थानीय तर्फबाट डा. देवकोटालाई २ हजार ३ सय ४, बादललाई १ हजार ८ सय ५४ र तामाङलाई ३६ मत प्राप्त भएको हो । यस्तै प्रदेश तर्फमा डा. देवकोटालाई २ हाजर ७ सय ८४, बादललाई २ हजार १ सय ६० र तामाङलाई ९६ मत रहेको हो । निर्वाचित देवकोटा र बादलको ३५ मतान्तर मतको अंकभार १ हजार ७४ रहन्छ । गृहमन्त्री रामबहादुर थापा एमालेको तर्फबाट उम्मेदवार बन्दा डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल पक्षको समर्थन रहेको थियो । त्यस्तै नेपाल किसान मजदुर पार्टीको तर्फबाट कृष्ण बहादुर तामाङ उम्मेदवार बनेका थिए । मतदानका लागि प्रदेश सभा सदस्य ४ जना र स्थानीय तहका पाँच जना मतदाता उपस्थित भएका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*