जीत सुनिश्चित छः गृहमन्त्री थापा

स्वर्णिम खबर
५ जेष्ठ २०७८, बुधबार १८:४७

५ जेठ, हेटौँडा । राष्ट्रियसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा (बादल)ले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ ।
उपनिर्वाचनका लागि बुधबार हेटौँडा आउनुभएका उहाँले एमालेको आधिकारिक उम्मेदवार आफू भएकाले एमालेका सबै मतदाताले आफूलाई भोट दिने बताउनुभएको हो ।देवकोटालाई समर्थन गरेको कांग्रेस र नेकपा माओवादी केन्द्रबाट नै भोट नआउने बादलले दाबी गर्नुभयो । नेकपा माओबादी केन्द्र र नेपाली काग्रेशका जनप्रतिनिधिहरुले पनि आफुलाई मतदान गर्ने आश्वासन दिएको गृहमन्त्री थापाले वताउनुभयो । बिहीबारको उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा बादल हेटौंडा आइपुगेका हुन । यसैबीच निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको जानकारी दिनुभएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि तीनवटा बुथ राखिने भएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथ राखिनेछ । यस्तै निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरुको पनि अनिवार्य पीसीआर परीक्षण गरिएको श्रेष्ठले बताउनुभयो । देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिन्ह दिएको छ भने बादल सूर्य चिन्हबाट चुनाव लड्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*