मकवानपुरमा मंगलबार १२ बालबालिकासहित २ सय ५ जनामा कोरोना पुष्टि
४ जेठ, हेटौँडा । मकवानपुर जिल्लामा मंगलबार २ सय ५ जना कोरोना संक्रमित थपिएका छ ।
१२ जना बालबालिका सहित थप दुइ सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । कोरोना संक्रमण पुष्टिहुनेहरुमा एक सय २४ जना पुरुष र ८१ जना महिला रहेका छन् । सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र संक्रमित थपिएको जनस्वास्थ्य निरिक्षक चौलागाईले वताउनुभयो । कुल ३ सय ७४ जनाले स्वाब दिएकोमा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।