मकवानपुरमा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना पुष्टि , २ जनाको मृत्यु

स्वर्णिम खबर
३ जेष्ठ २०७८, सोमबार १७:४३

३ जेठ, हेटौँडा । मकवानपुरमा सोमबार थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय २६ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय ५२ जना रहेका छन् । यसैगरि १० जना मनहरी गाउँपालिकाका, ५ जना भीमफेदी गाउँपालिकाका , थाहा नगरपालिका र बागमती गाउँपालिकाका २–२ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ६ हजार ७ सय १९ पुगेको छ । यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाटथप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा ५ का ६५ वर्षीय पुरुष र हेटौंडा ४ का ५५ वर्षीय पुरुष रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । यस्तै सोमबार जिल्लामा थप ९६ जनाले कोरोना जितेका छन् । होम आइसोलेसनबाट ८७ जना र आइसोलेसनबाट ९ जना गरेर थप ९६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकपवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*