हेटौंडामा अब पिसीआरको रिर्पोट एसएमएसमा
३ जेठ, हेटौँडा । कोरोना परीक्षणको नतिजा अब मोबाइलमा एसएमएस गरिने भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा गरिएको परीक्षणको नतिजा अब मोवाईलमा एसएमएस मार्फत जानकारी गरिने अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेले जानकारी दिनुभयो । अस्पताल परिसरमा रिर्पोट लिनेहरुको भीड बढेकाले असम्बन्धित व्यक्तिलाई मोवाइलमा एसएमएस पठाएर जानकारी दिने निर्णय गरेको डा. काफ्लेले बताउनुभयो । यस्तै इमेलको पहुँच भएका व्यक्तिलाई लिन्क पठाएर रिपोर्टको जानकारी दिने व्यवस्था पनि अस्पतालले गरेको छ । यसैगरी हेटौंडा अस्पतालले कोरोना भाइरसको लक्षण, संक्रमित भएपछि अपनाउँनुपर्ने सावधानी लगाएतका विषयमा जानकारी दिन हटलाइन सेवा पनि सुरुवात गरेको छ । अब कोरोना भाइरसको संक्रमण, संक्रमणपछिको उपचार लगाएत अस्पतालको सेवाको बारेमा समेत जानकारी लिन जो कोहीले कोभिड हटलाइन नम्बर ९७४१८६९५३५ फोन गर्न सक्ने फोकल पर्सन डा. काफ्लेले जानकारी दिनुभयो ।