अक्सिजन प्लान्ट स्थापना गर्न हेटौंडा उपमहानगरपालिकाले लगानी गर्ने
२ जेठ, हेटौँडा । हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न हेटौंडा उपमहानगरपालिकाले १ करोड २८ लाख रुपैँया लगानी गर्ने भएको छ ।
अक्सिजन अभावमा विरामीहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर विकासको बजेट कटौती गरेरै भएपनि आफुहरुले अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न बजेट छुट्टाईएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहानगरपालिकाले प्लान्ट निर्माणमा केहि समय लाग्ने देखेपछि हाल दैनिक रुपमा कम्तिमा एक सय सिलिण्डर अक्सिजन ल्याउने ब्यवस्थापन गरेको छ । उपमहानगरपालिकाले आइतबार अक्सिजन प्लान्ट स्थापनाको लागि सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको छ ।