मकवानपुरमा पछिल्लो २४ घण्टामा १२७ संक्रमित थपिए, ९२ जना संक्रमणमुक्त

स्वर्णिम खबर
२ जेष्ठ २०७८, आईतवार १६:३६

२ जेठ, हेटौँडा । मकवानपुर जिल्लामा आइतबार १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।
बैशाख ३० र ३१ गते संकलित १ सय ८६ नमुना मध्ये ५९ जना महिला र ६८ जना पुरुष गरी १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमितमध्ये ७ जना बालबालिका र ७५ बर्ष माथिका ४ जना जेष्ठ नागरिक समेत रहेका छन् । कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा धेरै रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ९२ जनाले कोरोनालाई जितेका छन् । होमआइसोलेसनबाट ८५ जना र आइसोलेसनबाट ७ जनाले गरी थप ९२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना जित्नेहरुमा सबैभन्दा बढी ८१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि मनहरी गाउँपालिकाका ३ जना,थाहा नगरपालिकाका, भीमफेदी, बागमती र मकवानपुरगढी गाउँपालिकाका २–२ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*