हेटौंडामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

स्वर्णिम खबर
२ जेष्ठ २०७८, आईतवार १२:२६

२ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने चार जना मध्यमा तीन जना महिला र एक जना पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले वताउनुभयो । उनीहरु सबैको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । मृत्युहुनेमा हेटौंडा–१४ कि ४८ र ७४ वर्षीया दुई जना महिला, हेटौंडा–८ की ६१ बर्षीया महिला र हेटौंडा–२ चौकीटोलका ६४ बर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*