सिभिल अस्पताललाई बागमती प्रदेश सरकारको २ करोड २४ लाख सहयोग
१ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पतालमा १ सय ५० बेडको कोभिड वार्ड सञ्चालनमा आउने भएको छ ।
प्रदेशको सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीको उपस्थितिमा प्रदेश सरकारको तर्फबाट वरिष्ठ प्रशासक डा.अर्जुन सापकोटा र सिभिल अस्पतालका कार्यकारी निर्देशक डा.विधाननिधि पौडेलबीच कोभिड वार्ड सञ्चालन गर्ने सम्झौता भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिभिल अस्पताललाई सामाजिक विकास मन्त्रालयले २ करोड २४ लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । कोरोना संक्रमितको उपचारमा सहज होस् भन्ने उद्धेश्यले सहयोग गरेको राज्यमन्त्री अधिकारीले बताउनुभयो । उहाँले अस्पतालमा अक्सिजन प्लान्ट तथा पाइप जडान लगायतका काममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक दिपक निरौला, प्रदेश सभा सदस्य गणेश दुलाल लगायतको उपस्थिति रहेको थियो ।