हेटौंडा अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

स्वर्णिम खबर
१ जेष्ठ २०७८, शनिबार ११:३८

१ जेठ, हेटौँडा । मकवानपुरमा शनिबार कोरोना कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ की ७३ वर्षीय महिला रहेको हेटौंडा अस्पतालका कोभिड–१९ फोकल पसर्सन डाक्टर सागर काफ्लेले वताउनुभयो । उहाँको आज बिहान उपचारको लागि मृत्यु भएको अस्पतालले जनाएको छ । स्वासप्रस्वासमा समस्या भएपछि वैशाख ३० गते हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो। मृतक महिलालाई बैशाख २५ गते कोरोना पोजेटिभ देखिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*