उपाधि उचाल्ने दुबै टोलीको दाबी

स्वर्णिम खबर
३१ बैशाख २०७८, शुक्रबार १९:२०

३१ वैशाख, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुबै टोलीका कप्तानले उपाधि उचाल्ने दावी गरे । लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडांै रेजर्सले इलिमिनेटर खेलमा भाग्यमाथि हुँदै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो । यही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । काठमाडौं रेजर्सका कप्तान विकेश कुथुले पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने प्रतिक्रिया दिए । उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढीका कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे । पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*