मकवानपुरमा शुक्रबार ६ बालबालिकासहित १०९ जना संक्रमित थपिए
३१ वैशाख, हेटौंडा । मकवानपुरमा शुक्रबार एकसय ९ जना कोरोना संक्रमीत थपिएका छन् ।
बैशाख ३० गते संकलित एकसय त्रिचालीश नमुना मध्ये एकसय ३२ को पीसीआर परिक्षणबाट एकसय ६ जना र ११ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ३ जना गरी एकसय ९ जनामा कोरोना संक्रमीत पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । संक्रमित एकसय ९ जनामध्ये ६ जना बालबालिका र ७५ बर्ष माथिका २ जना जेष्ठ नागरिक छन् ।