८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु
३० वैशाख, काठमाडौं । नेपालमा बिहिबार कोरोना संक्रमणबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ४७४ पीसीआर र ७ सय ७१ एन्टिजेन परीक्षणमा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ । देशभर १ लाख ५ हजार २०७ जना आइसोलेसनमा रहँदा १३ सय ८१ जना आईसीयू र ३ सय ८० जना भेन्टिलेटरमा छन् ।