हेटौंडा उपमहानगरपालिकाको सबै वडामा अटो एम्बुलेन्सको सेवा सुरु

स्वर्णिम खबर
३० बैशाख २०७८, बिहीबार १७:५८

३० वैशाख, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडामा बिहिबारदेखि अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ ।
नेपाल अटो तथा विद्युत यातायात प्रा.लि. हेटौंडाले उपमहानगरपालिकाका अन्तर्गत वडा कार्यालयहरुसंगको समन्वयमा सबै वडामा अटो एम्बुलेन्स सञ्चालन सेवा सुरु गरिएको हो । तीव्र रुपमा बढिरहेको कोरोना संक्रमितको उपचारलाई मध्यनजर गर्दै प्रत्येक वडामा २ वटा अटो एम्बुलेन्स सञ्चालनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । ३८ वटा अटोको केहि स्वरुप परिवर्तन गरि बनाइएको एम्बुलेन्समा चालकलाई पिपिई सेट प्रयोग गर्न सिकाएर अटो एम्बुलेन्स सञ्चालन गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को पदाधिकारीहरुको उपस्थितीमा चालकलाई पिपिई सेट प्रदान गर्दै अटो एम्बुलेन्स सुरुवात गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*