पछिल्लो २४ घण्टामा ९३०५ संक्रमित थपिए, थप १ सय ६८ जनाको मृत्यु, ४४४४ संक्रमणमुक्त
२९ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर परीक्षणबाट ९ हजार २ सय ३८ जनामा र एन्टिजेन विधिबाट गरिएको ४ सय २४ नमुना परीक्षणमा ६७ जनामा पोजिटिभ देखिएको छ । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ संक्रमणमुक्त भएका छन् ।