हेटौँडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
२९ वैशाख, हेटौंडा । हेटौँडा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा हेटौँडा उपमहानगरपालिकाका दुई जना र भीमफेदी गाउँपालिकाका एक जना गरी तीन जनाको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभयो । संक्रमणबाट हेटौँडा उपमहानगरपालिका १ का ५० वर्षीय एक पुरुषको आज बिहान र हेटौँडा उपमहानगरपालिका ३ बस्ने ६५ वर्षीय एक पुरुषको मंगलबार साँझ मृत्यु भएको हो । त्यस्तै कोरोना संक्रमणबाट भीमफेदी गाउँपालिका वडा नम्वर–६ का ५९ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको कोभिड इन्चार्ज काफ्लेले जानकारी दिनुभयो ।