मकवानपुरमा एकैदिन ८ बालबालिकासहित १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

स्वर्णिम खबर
२९ बैशाख २०७८, बुधबार १५:०५

२९ वैशाख, हेटौंडा । मकवानपुरमा बुधबार एकैदिन ८ बालबालिकासहित १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।

वैशाख २७, २८ र २९ गते संकलित स्वाबको हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा ८ जना बालबालिका र ३ जना ज्येष्ठ नागरिकसहित १ सय ८२ जनामा कोरोना पुष्टि भएको हो । पिसीआर विधिबाट २ सय ५८ जना मध्ये १ सय ७७ जनामा र एन्टिजेन विधिबाट १२ जनाको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । संक्रमित मध्ये हेटौँडा वडा नम्बर ४ मा सबैभन्दा धेरै ३० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ८३ महिला र ९९ पुरुष रहेको निरीक्षक चौलागाईले बताउनुभयो । यसबाहेक मकवानपुरगढी, भीमफेदी, बागमती र मनहरी गाउँपालिकामा पनि कोरोना संक्रमित फेला परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*