बागमती प्रदेशमा आइसीयु तथा भेन्टिलेटरको संख्या थप
बागमती प्रदेशमा कोभिड १९ को संक्रमण बढे सगै ३२२ आइसीयु र ९२ भेन्टिलेटर थप गरिएको छ । बागमती प्रदेशमा ५ सय ३७ आइसीयु बेड र २ सय ३९ भेन्टिलेटर रहेको थियो । हाल ९ सय ५२ आइसीयु बेड, ३ सय ९९ भेन्टिलेटर र ७ सय ५२ हाइ डिपेन्डेन्सी (एचडीयु) बेड रहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताउनुभयो । यसअघि प्रदेशमा ४ सय १५ आइसीयु बेड र १ सय ६० भेन्टिलेटर उपलब्ध रहेका उहाँले बताउनुभयो । बागमती प्रदेशका ४७ वटा अस्पतालबाट कोभिड १९ को सेवा प्रवाह भैरहेको छ । सोमबार सम्म बागमती प्रदेशमा ५० हजार सक्रिय संक्रमितको उपचार भैरहेको प्रबक्ता सेढाईले बताउनुभयो । बागमती प्रदेशमा मात्रै १ हजार ६१९ जनाको कोभिड १९का कारण मृत्यु भैसकेको छ । ५६० जना आइसीयुमा, १ सय ९८ जना भेन्टिलेटर, ३ सय ८७ जना एचडीयु बेडमा र ३ हजार ३५१ जना संस्थागत आइसोलेसनमा उपचारत रहेको उहाँले बताउनुभयो । यसै बिच ४६ हजार ३ सय ८१ जना होम आइसोलेसनमा रहका छन् ।