मंगलबार मकवानपुरमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि
२८ वैशाख, हेटौंडा । मकवानपुरमा मंगलबार थप १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।
बैशाख २६ र २८ गते संकलित १ सय ८६ नमुना मध्ये १ सय ८० को पीसीआर परिक्षणबाट १ सय १५ जना र ६ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ जना गरी १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका भित्रका १ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमितमध्ये ४५ जना महिला र ७१ जना पुरुष रहेकोे निरीक्षक चौलागाईले बताउनुभयो ।