वडाअध्यक्षहरुको आरोप उपमहानगरपालिका मनोमानी ढंगले अगाडी बढ्यो

आरती ढकाल
२३ बैशाख २०७८, बिहीबार १७:५३

हेटौडा उपमहानगरपालिकाले जनप्रतिनिधिहरु संग सहकार्य नगरिकन आफुखुसी निर्णय गरेर अगाडी बढेको वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुलीले आरोप लगाउनुभएको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ को बारेमा आफु जनप्रतिनिधि हूदाँ समेत उपमहानगरकाले आफुलाई गतिबिधिवाट टाडाँ राखेको गुनासो गर्नुभयो । कोरोना महामारीको विषयमा छलफल हुदाँ कूनै किसिमको निर्णयमा जनप्रतिनिधिहरुलाई उपस्थिती नगराईएको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष पराजुलीले बताउनूुभयो । महामारीको रुपमा फैलीरहेको कोभिड १९ ले जिल्लामा दैनिक जसो १०० को हाराहारीमा संकमित थपिरहेको यो विषम परिस्थितीमा हेटौंडा उपमहानगरपालिकाले जनप्रतिनिधिहरुलाई कूनै पनि किसिमको निर्णयमा सहभागीता नगराई आफू खुसी एकलौटि ढंगले निर्णय लिईरहेको उहाँले बताउनुभयो । दैनिक जसो आफ्नो वडामा लगभग ५,७ जनालाई संक्रमित भईरहदा आफूहरुले स्वो विवेक रुपमा हेटौंडा अस्पतालमा पठाईरहेको र अन्य नगरवासीहरुलाई पिसिआर टेष्ट गर्न जानूहोस भन्ने समेत आफूहरुलाई आधिकारीक रुपमा जानकारी नदिएको हुदा कूनै पनि निर्णय लिन नसकिएकोले संक्तमितहरुलाई कहाँ जानू भन्ने वातावरण समेत नरहेको अध्यक्ष पराजुलीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*