निषेधाज्ञामा थप कडाइ हुनेः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२० बैशाख २०७८, सोमबार १७:४५

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो । उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग पनि आग्रह गर्नुभयो । स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उहाँको भनाइ छ । कोरोना सङ्क्रमणको पहिलो लहरमा अपनाइएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन प्रधानमन्त्री ओलीले जोड दिनुभयो । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले प्रदेश र राजधानीमा एक हजार शैंयाको अस्थायी अस्पताल बनाउने घोषणा गर्नुभयो । ठूला अस्पताल तथा मेडिकल कलेजमा मेडिकल प्लान्ट स्थापना गर्ने, सञ्चालनमा नआएकाहरुलाई मर्मत गर्ने र लिक्विड अक्सिजनको निर्यात रोक्ने उहाँले बताउनुभयो । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचार प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उहाँले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*