सरकारको भनाई लाचारी र लज्जास्पदः नेपाली कांग्रेस

स्वर्णिम खबर
१८ बैशाख २०७८, शनिबार १७:४८

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ ।

शनिबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसंग सँग कुरा गर्दै सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भएपनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैय्या छैन भन्नु लाचारी र लज्जास्पद भएको बताउनुभएको हो । शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण तिव्र गतिमा फैलिएको र संक्रमितको उपचारका लागि शैया उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै नागरिकहरु आफै संक्रमणबाट जोगिनुपर्ने अपिल गरेको गरेको थियो । प्रवक्ता शर्माले अहिलेको परिस्थिति आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषि भएको बताउनुभयो । नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गरेको छ । बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता के कति हो, अवस्था कस्तो छ भन्ने विषयमा सरकारले सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्ने सरकारले समाजका सबै पक्षसँग चाहेको सहयोग के हो स्पष्ट पार्नुपर्ने प्रवक्ता शर्माले बताउनुभयो । यता नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले पनि सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ । उहाँले कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*