सरकारको चरम लापरबाहीको कारण कोरोना संक्रमितको संख्या बढ्योः शेरबहादुर देउवा

स्वर्णिम खबर
१७ बैशाख २०७८, शुक्रबार १७:४९

१७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको पर्याप्त आपुर्ति गर्न सरकार समक्ष माग गरेको छ ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै संक्रमितको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आएको र आइसियु, बेड, अक्सिजन, भेन्टीलेटरको अभाव भएकाले तत्काल अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न सरकार समक्ष माग गर्नुभयो । कांग्रेसले कोभिड १९ विरुद्धको सचेतना अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका सबै संरचनालाई परिचालन गर्ने प्रतिवद्दता पनि व्यक्त गरेको छ । कांग्रेस सभापति देउवाले वर्तमान अवस्थाको सिर्जना हुनुमा सरकारको चरम लापरबाही, असंवेदनशिलता, अर्कमण्यता जिम्मेवार रहेको र सरकारले कसैको सल्लाह सुझावलाई आत्मसात् नगरेको बताउनुभयो । पपत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले सांसदको संख्या नपुगेका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्न नसकेको बताउनुभएको छ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको भएपनि सांसद संख्या नपुग्दा सरकार बन्न नसकेको बताउनुभएको हो । जसपाले साथ नदिदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उहाँको भनाई छ । सभापति देउवाले एमसिसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि जनाउनु भयो । अमेरिकाले एमसिसी मार्फत सित्तैमा ठुलो सहयोग गरेको भएपनि अनेक किसिमका भ्रम र झुठा प्रचारहरु गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*