बागमती प्रदेशः तीन जना मन्त्री र एकजना राज्यमन्त्रीले सपथ लिए
१५ वैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीपरिषद् विस्तार गर्नु भएको छ ।
लामोसमय देखि रिक्त तीन मन्त्रालयमा तीन जना मन्त्री र एक जना राज्यमन्त्री मुख्यमन्त्री पौडेलले नियुक्त गर्नुभएको छ । नव नियुक्त मन्त्री र राज्यमन्त्रीलाई बुधबार नै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले सपथग्रहण गराउनुभएको छ । रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केशबराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरेश नेपाल, सामाजिक विकास मन्त्रालयमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले नियुक्त गर्नुभएको हो । पुस १० गते तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि तीन मन्त्रालय मन्त्रीविहिन थियो । तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आउनुभएको थियो ।