संवादको प्रयासलाई कमजोरी नठान्न प्रधानमन्त्री ओलीको चेतावनी
९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिनुभएको छ ।
पार्टीको ७३ औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतविधिलाई मान्यता दिन नसकिने र नेताहरुलाई सम्झाउन बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिनुभएको हो । कुनैबेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरुले अहिले अर्को पार्टी ओलेर हिड्दापनि आफूले कारबाही नगरेर सम्झाई बुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताउनुभयो । पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।कुनैबेला आफूलाई कारबाही गर्नेहरुबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताउनुभयो । संसदमा फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई सिध्यायौं भनेर गर्व गर्नेहरुसँग आफूहरु जुधिरहेको पनि बताउनुभयो । आफूलाई पार्टी विहीन अवस्थामा पु¥याउने प्रचण्ड–माधव पक्षको प्रयास असफल भएको पनि बताउनुभयो ।