परीक्षा रोकिंदैन, असारदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छः मन्त्री श्रेष्ठ

स्वर्णिम खबर
६ बैशाख २०७८, सोमबार १६:१२

६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताउनुएको छ ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले २५ वर्ष भन्दा मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी बैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताउनुभयो । मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरुलाई विद्यालयमा भौतिक रुपमा आउन अनिवार्य नगरेपनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले कुनैपनि तहको परिक्षा नरोकिने पनि स्पष्ट पार्नुभयो । असारदेखि नयाँ शैक्षिक सत्र शुरु हुनेपनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*