अविश्वासको प्रस्ताव छल्न मध्यरात मै अधिवेशन अन्त्य

स्वर्णिम खबर
२ बैशाख २०७८, बिहीबार १२:४६

२ वैशाख, पोखरा । अविश्वासको प्रस्ताव छल्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा अधिवेशन अन्त्य गर्नुभएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहित चार दलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको हो । सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ । बिहान १०ः ३० बजे मात्र पत्र आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । यो अधिवेशन चैत्र २५ गते सुरु भएको थियो भने वैशाख ६ गतेका लागि अर्को बैठक तोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*