सरकार लकडाउन गर्ने मनस्थितिमा छैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
१ बैशाख २०७८, बुधबार १२:०६

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दे उहाँले अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल बर्षको रुपमा रहेको बताउनुभएको हो । कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भएपनि २०७७ सालमा ठूला दीर्घकालिन महत्वका काम भएको दाबी गर्नुभयो । उहाँले प्रतिकुलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको बर्ष रहेको बताउनुभयो । उहाँले आफ्नो भूभाग समेत सामेल गरेर नया नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गर्नुभयो । सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको सिलन्यास गरेको र लगानीका लागि शान्तिपुर्ण र अनुकुल वातावरण बनेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरु भईरहेको बताउनुभयो । सरकारले गरेका कामहरु नदेख्ने समुहले निरन्तर जनता भड्काउने प्रयास भईरहेपनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरु लगातार भईरहेको दाबी उहाँले गर्नुभयो । एसिड आक्रमण विरुद्ध, बलात्कार र बलात्कार पछिको हत्या नियन्त्रण गर्नका लागि सरकारले अध्यादेश मार्फत कडा कानुन ल्याएको भएपनि संसदमा पेश गर्न नदिईएको गुनासो गर्नुभयो । पुर्नस्थापना पछिको संसदको पहिलो बैठनै संसद चल्न नदिएर अप्रिय र अशोभनिय स्थिति संसदमा देखिएको टिप्पणी उहाँले गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले र कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गर्नुभयो । उहाँले मानवस्वास्थ्य र मावन जीवननै सबैभन्दा महत्वपुर्ण भएको उल्लेख गर्दे स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न र चिकित्सकका परामर्शलाई शिरोधार्य र गरि आफुलाई सुरक्षित राख्न आग्रह गर्नुभयो । महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोश्रो चेश्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दे उहाँले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो । २०७७ सालमा कोभिड १९ महामारीको असरका कारण सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई आक्रान्त बनाएको बताउनुभयो । कोभिड १९ कात्तिकबाट नियन्त्रित गर्दै ल्याएको भएपनि चैत्र देखि फेरी बढ्न थालेको उल्लेख गर्दै उहाँले अर्थतन्त्र लगायत विकासका आकांक्षाहरुमा प्रतिकुल असर नपरोस् भन्नका लागि सबै सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसिसि प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुदा एमसिसिमा सम्झौता गरिएको उल्लेख गर्दै उहाँले सरकार सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने माग गरिरहेको बताउनुभयो । उहाँले सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंबैधानिक हुने तर्क गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नयाँ बर्षमा सरकारले नयाँ नयाँ कामहरुको थालनी गर्ने बताउनुभयो । उहाँले आफ्नो जग्गा जमिन आफु बसेकै ठाउँबाट हेर्न सक्ने गरि डिजिटल प्रविधि शुभारम्भ सरकारले गरेको बताउनुभयो ।विभिन्न भूमिकामा रहेर राज्यलाई योगदान पुर्याएका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिहरुलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । सरकार नयाँ उत्साह र नयाँ आत्मविश्वासका साथ नया बर्षमा प्रवेश गरेको भन्दै उहाँले सुरु गरेका कार्यक्रमलाई पुरा गर्ने, अपुर्णतालाई पुरा गर्ने र नयाँ कार्यक्रमहरु सुर गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सबेको निष्ठा देश र जनताप्रति हुनुपर्ने भन्दै राष्ट्रिय हितलाई रक्षा गर्दै अघि बढ्न सबैलाई आव्हान गर्नुभयो । सम्बोधनको सुरुमा उहाँले मुलुकभित्र र बाहिर रहेका सबै नेपालीलाई सुस्वास्थ्य, उन्नति प्रगती र सफलताको शुभकामना दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*