बागमती प्रदेशसभा बैठक वैशाख २ गते बस्ने
३१ चैत्र, हेटौंडा । बागमती प्रदेशसभा बैठक आगामी वर्ष २०७८ बैशाख २ गते बस्ने भएको छ ।
बैठक बैशाख २ गते दिनको १ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरीएको हो । उक्त बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डामाति छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । प्रदेशसभाको सातौ अधिवेशन बैठक बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण अनिश्चित कालका लागि स्थगित भएको थियो ।