करेन्ट लागेर पाख्रिन दम्पतीको ज्यान गयो
३० चैत्र, हेटौंडा । हेटौंडा ९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ बर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० बर्षीय अन्सु पाख्रिन रहेको छ । दम्पतीले घरमा रहेको तारलाई फलामको डन्डिले उठाउन खोज्दा थ्री फेस लाइनमा फलामले छुन् पुगी करेन्ट लागेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताउनुभयो । शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।