समर्थन फिर्ता लिए राजीनामा आउँछः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२१ चैत्र २०७७, शनिबार १६:५२

२१ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिनुभएको छ ।

सनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका १ सय ६५ वटा रणनैतिक महत्वका सडक सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले समर्थन फिर्ता लिन चुनौति दिनुभएको हो । उहाँले दिनहुँ विभिन्न थरिले आफ्नो राजीनामा माग्ने गरेको उल्लेख गर्दै समर्थन फिर्ता भएपछि राजीनामा दिने बताउनुभएको हो । उहाँले सरकारले आफ्नो ३ बर्षे कार्यकालमा निकै राम्रा र दुरगामी महत्वका काम गरेको भन्दै देश विकासको गतिमा लम्किएको देख्न नचाहने तत्वले सरकारको विरोध गरेको दाबी गर्नुभयो । उहाँले संसदलाई व्यक्तिगत स्वार्थमा नभई जनताको आवश्यकता अनुसार चल्ने बनाउनका लागि ताजा जनादेशकमा जानुपर्ने र सोही आवश्यकतालाई हेरेर सरकारले प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिनुभएको छ । उहाँले आफुलाई दिएको समर्थन र्फिता लिए राजीनामा दिने बताउनुभयो । उहाँले राजधानीमा मेलम्चीको पानी आएको थाहा नपाउने अखबारले आफ्नो राजीनामा मागिएको समाचार भने दिनहुँ छाप्ने गरेको गुनासो गर्नुभयो । प्रधानमन्त्री ओलीले संसदलाई जनताको आवश्यकता र प्राथमिकतामा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत गरिए ताजा जनादेशमा जानुपर्ने तर्क गर्नुभयो । प्रधानमन्त्री ओलीले फासीवाद ल्याउन चाहनेहरुले नै अहिले फासीवाद आउन लाग्यो भन्दै लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेको दाबी गर्नुभएको छ । शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेकाहरु नै अहिले फासीवाद आयो भन्दै सरकारको विरोधमा पुन जनतालाई भ्रमित पार्ने प्रयासमा लागेको दाबी उहाँले गर्नुभयो । मुलुकभरका १ सय ६५ वटा सडक निर्माण बहुबर्षिय आयोजना अन्र्तगत ३ बर्षमा सक्ने गरि ५७ अर्ब १० करोड रुपैया बजेटको व्यवस्थापन गरिएको जानकारी दिदै समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको ३ बर्षे अवधिमा ३ हजार ५ सय १२ किलोमिटर कालोपत्रे सडक निर्माण र स्तरोन्नतिको काम भएको , ग्राभल सडक ३ हजार ३ सय किलोमिटर, १ हजार ६ सय ८६ किलोमिटर माटे सडक र ट्रयाक निर्माणको काम भएको फेयरिस्त पनि राख्नुभयो । त्यसैगरी ६ सय २८ वटा पक्की पुल निर्माण भएको जानकारी पनि उहाँले दिनुभएको थियो । उहाँले वातावरण मुल्यांकन लगायत विभिन्न प्रक्रियागत कार्यको नाममा विकास निर्माणका काममा अनावश्यक रुपमा अल्झन श्रृजना नगर्न तर्फ पनि सबैलाई सचेत गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*